अज्ञात समूह द्वारा महाकवी विद्यापतिको सालिक तोडफोड

  Sampatti News Online

December 1, 2023

रौतहट १५ मंसीर। रौतहटको सदरमुकाम गौर नगरालिका स्थित महाकबि विद्यापतिको सालिक अज्ञात समूहले तोडफोड गरेका छन्।
गाैर नगरपालिका ३ स्थित महाकवी विद्यापति स्मारककाे शालिककाे टाउकाे फुटाएर अज्ञात समूहले त्यही रहेकाे पाेखरीको पानीमा फालेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिगएको टाेलीले पाेखरीको पानीभित्र बाट उक्त विद्यापतिकाे टाउकाे बरामद गरेकाे छ । यस्ता गैरसमाजिक क्रियाकलाप गर्ने घटनामा संलग्नलाई कार्यवाहीकाे दायरामा ल्याउन स्थानीयहरूले माग गरेका छन्। घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
महोत्तरीको हरदिया घर भएका उदयकान्त झाको व्यक्तिगत लगानीमा २०६४ साल तिर उक्त स्मारक संगै सालिक निर्माण भएको स्थानीय पत्रकार चञ्चल झाले बताएका छन्।
को हुन कबि विद्यापति ?
मैथिली भाषाका महाकवि विद्यापतिको जन्म वि.सं. १४०७ मा प्राचीन मिथिला र आधुनिक भारतको विहार प्रान्तको दरभंगा जिल्लाको विसफी भन्ने गाउँमा भएको थियो। कार्तिक धवल (शुक्ल) त्रयोदशीमा उनको जन्म भएको थियो। विद्यापति जन्मेको गाउँ विसफीमा प्रत्येक वर्ष विद्यापति स्मृति दिवस मनाइन्छ। कवि कोकिल विद्यापतिलाई भारतको विहार, पश्चिम बंगाल प्रान्तका साथै नेपालले पनि आफ्नो देशको राष्ट्रिय विभूतिको रुपमा सम्मान दिँदै आएको छ । धरोहरको रुपमा मान्यता दिएको छ। महाकवि विद्यापतिलाई बंगालीहरुले पनि आफ्नो कवि मान्छन्। जबकि नेपाली भाषा–साहित्य तथा संस्कृतिमा पनि विद्यापतिको प्रभाव परेकै हो।
विहार सरकारले सन् १९६६ देखि नै विद्यापतिको टिकट पनि चलनमा ल्याएको छ। हाम्रो देशमा पनि विद्यापतिको टिकट चलनमा केही अघि आएको हो। भारतको सरकारले मैथिली भाषालाई त्यहाँको संविधानको आठौं अनुसूचीमा उल्लेख गरी राष्ट्रभाषाको रुपमा मान्यता दिएको छ। हाम्रो देशमा राष्ट्रभाषा नेपालीपछि सर्वाधिक बोलिने दोस्रो भाषाको रुपमा मैथिली भाषाको स्थान रहेको छ ।

प्रकाशित मिति:December 1, 2023