सुनको मूल्य घट्यो, आज तोलामा कति ?

  Sampatti News Online

December 1, 2023

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्दा चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।

आज सुन ३ सय रुपैयाँले घटेर तोलामा एक लाख १९ हजारमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख १८ हजार ४५० रुपैयाँ रहेको छ । यस्तैगरी चाँदीको मूल्य आज २० रुपैयाँले बढेर तोलामा एक हजार ५ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड मूल्यमा स्थिर थियो । हिजो छापावल सुनको मूल्य एक लाख १९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ७५० र चाँदी एक हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति:December 1, 2023