सिराहा जिल्ला बनको प्रमुखमा झा आएदेखि उल्लेखनीय सुधार

  Sampatti News Online

December 2, 2023

सिराहा १६ मंसीर । जिला वन कार्यालय सिराहाले लामो समय पश्चात एउटा कुशल नेतृत्व पाएको महसुस गर्दै छु । करिब ४ महिना भयो श्री सुजीत कुमार झाजीले कमाण्ड लिनु भएको र वहाँले वन फडानी, वनको जग्गा अतिक्रमण, अवैध रुपमा वैन पैदावरको दोहन, अवैध ढुङ्गा, माटो, बलुवा उत्खनन लगायतको कार्य नियन्त्रण मात्रै होईन करिब- करिब रोकन नै सफल हुनु भएको छ।
जिलामा वन कार्यालय पनि हुन्छ भन्ने कुरा आम जनताले महसुस गर्न थालेको छ । हुनत तस्करी , अवैध उत्खनन, चूरे दोहन गर्ने कार्यमा राजनितिक दलहरु कै स्थानीय नेताहरुको संलग्नता एवं संरक्षण छ वा स्थानीय तहको नेतृत्वहरुको संरक्षण जसले गर्दा यो कार्य चुनौतीपूर्ण भएको छ।
दस वर्षे जनयुद्ध ताका सिरहा जिलाको करिब ४००० हेक्टर वनको जग्गा अतिक्रमण भएको प्रमाणित तथ्य सरकार सँग छ। अहिले सिरहा जिला कै सांसद डा. बिरेन्द्र महतो संघीय वन मन्त्री हुनु हुन्छ भने प्रदेश वन मन्त्री रमेश पटेल जी हुनुहुन्छ साथै दुबै जना मधेश आन्दोलन बाट स्थापित मधेश केन्द्रिरत पार्टीहरुको नेता भएको हुनाले अतिक्रमित जगा खाली गराउने कार्य गर्नु पर्दछ। सिरहा जिला मात्रै होइन सम्पूर्ण मधेश प्रदेश एवं तराई – मधेशको जीवन दाता चूरे संरक्षणमा बिशेष पहल गर्न आग्रह गरिन्छ।
बन अधिकृत सुजीत झाको अभियानमा सम्पूर्ण मधेशवासीको सहरोज समर्थन हुने आवाज आउन थालेको छ।

प्रकाशित मिति:December 2, 2023