रेडक्रस गौर शाखा द्वारा भूकम्प पीडितलाई सहयोग

Nepal Cover
१६ मंसिर २०८०, शनिबार
image

रौतहट १६ मंसीर। नेपाल रेडक्रस सोसाइटी रौतहट शाखा तथा जुनियर सर्कलका युवा विद्यार्थी हरुको घुमती सहयोगबाट गौर बजारका व्यापारी, कर्मचारी, कार्यालय तथा बोर्डिंग स्कूल सहित संकलित रकम शुक्रवार हस्तानतण गरिएको छ।
जिल्ला शाखाको संयुक्त सहयोगमा संकलन भएको १ लाख १ हजार १०१ रुपैया जाजरकोट, रुकुम जिल्लाका भुकम्प पिडितहरुको राहत सहयोगको लागी नेपाल रेडक्रस सोसाईटी मधेश प्रदेशका सदस्य राम आधार राय यादव, उपमन्त्री साबिर अहमद एराज एवं मधेश प्रदेशका शाखा अधिकृत उमेश मिश्रा लाई हस्तान्तरण गरिएको रौतहट शाखा सभापती राजकिशोर यादवले जानकारी दिनुभयो।