तीन वर्षमा झण्डै ६ हजार प्रहरीलाई भयो कारबाही

  Sampatti News Online

December 2, 2023

रौतहट १६ मंसीर। प्रहरी संगठनको आचारण विपरीत गतिविधिमा संलग्न झण्डै ६ हजार प्रहरी कारवाहीमा परेका छन्। आर्थिक प्रलोभन राजनीतिक दवाब लगायत बिभिन्न बहानामा संगठनको आचरण बिपरित गतिबिधि गर्ने नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाका गरि कारवाहीमा पर्नेको संख्या झण्डै ६ हजार पुगेको देखिएको छ। संगठनको आचरण बिपरित
र आपराधिक गतिविधिमा सशस्त्र प्रहरी र नेपाली सेना भन्दा नेपाल प्रहरीको संलग्नता बढी देखिएको छ । संगठनको आचरण बिपरित गरिविधी गरेर कारवाहीमा पर्ने प्रहरीका कार्यालय सहयोगीदेखि वरिष्ठ एसएसपी सम्म रहेको देखिएका छन्।
प्रहरी प्रधान कार्यालयको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक अनुसार, पाँच हजार ८६६ जना प्रहरी कर्मचारीमाथि कारबाही भएको छ । आर्थिक वर्ष २०७७–०७८ मा एक हजार ९८२ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । त्यस्तै, २०७८–०८९ मा एक हजार ८६० जना प्रहरी कारबाहीमा परेका छन् ।
त्यस्तै ०७९–०८० मा दुई हजार २४ जना कारबाहीमा परेका छन् । यसरी कारबाहीमा परेकामध्ये ८९ जना सिनियर प्रहरी अधिकारी नै छन् । जसमध्ये ६४ प्रहरी निरीक्षक १६ डीएसपी र १० एसपी रहेका छन् ।
आचरणविपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कसूर हेरेर ग्रेड घटुवादेखि बर्खास्तसम्मका कारबाही भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी र सेनामा पनि कारबाहीको संख्या प्रहरीको तुलनामा कम भएपनि शुन्य भने छैन ।
किन गर्छन् बर्दीको आडमा अपराध ?
अपराधीलाई कानुनको दायरामा ल्याउने प्रहरी तथा आम नागरिकको जीउधनको सुरक्षामा खटिनुपर्ने सुरक्षाकर्मी आफैँ आपराधिक गतिविधिमा संलग्न हुँदै गएको तथ्य संवेदनशील छ । अनुशासनका लागि कठोर मानिएको सुरक्षाकर्मी व्यक्तिगत लोभ र चाँडो धनी बन्ने उच्च महत्वकांक्षाका कारण आपराधिक क्रियाकलापमा संलग्न हुने थालेको सुरक्षा अधिकारीहरु बताउँछन् । सञ्जय मिश्रा

प्रकाशित मिति:December 2, 2023