भारतीय कन्सुलेट द्वारा दुर्गाभगवती गाउँपालिका अनुगमन

  Sampatti News Online

December 3, 2023

रौतहट १७ मंसीर। भारतीय महा बाणिज्य दूतावास वीरगंजका कन्सुलेट शैलेन्द्र कुमार रौतहटको दुर्गाभगवती गाउँपलिकाको स्थलगत अनुगमन निरीक्षण गरेका छन्।
गाउँपालिका अध्य्क्ष शम्भु सिंहको बिशेश आग्रहमा कॉन्सुलेट कुमार दुर्गाभगवती गाउँपलिका अनुगमन भ्रमण गरेका हुन। अध्य्क्ष शम्भू सिंह , वडा ३ का अध्य्क्ष धर्मेन्द्र कुमार झा, स्तम्भकार श्रीमननारायण मिश्र, समाजसेवी उमेश झा, हेमन्त झा, लगायतले कन्सुलेट कुमारलाई फूलको माला लगाई दोसाला ओढाएर भव्यरुपमा स्वागत गरेका थिए।
उक्त अवसरमा पालिका अध्यक्ष सिंहको बिशेष अनुरोधमा कन्सुलेट कुमारले दुर्गा भगवती ५ बड़हरवा स्थित जीर्ण अवस्थामा रहेको विधालय भवन, वडा ३ मत्सरीमा स्थित संस्कृति मावी भवन, वडा २ भलोयिहा स्थीत सरस्वती मा.वी को प्राशसनिक भवनको निरीक्षण गरेका थिए। साथै गाउँपालिकामा एम्बुलेन्स सेवा र विद्यार्थीको लागि स्कूल बस संगै पलिकामा रहेको बीभिन्न समस्याहरु बारे गाउँपलिका अध्य्क्ष सिंहले उनको ध्यानआकर्षण गराएका थिए। कॉन्सुलेट शैलेन्द्र कुमारले भारतीय सरकारको सहयोगमा दुर्गा भगवती गाउँपालिकाको समस्या समाधान गर्न सक्दो पहल गर्ने प्रतवद्धता जनाएको स्तम्भकार श्रीमान नारायण मिश्रले जानकारी दिएका छन्। सञ्जय मिश्रा

प्रकाशित मिति:December 3, 2023