साईकल चढेर ३५ सय किलोमिटरको धार्मिकयात्रा

  Sampatti News Online

December 3, 2023

रौतहट १७ मंसीर। रौतहटको कटहरिया नगरपालिका घर भएका एकजना मानिस साईकल चढेर ३५ किलोमिटर लामो धार्मिक यात्रामा निस्केका छन्।
कटहरिया ८ पिप्रापोखरिया घरभै पछिल्लो समय गरुडा बस्दै आएका ५० बर्षीय बैधनाथ प्रसाद जयसवाल शनिबार साइकल बाट भारत जम्मू कश्मीर स्थित बैष्णोदेवी यात्राको संकल्प सहित धार्मिक यात्रामा निस्किएका हुन।
साईकल यात्री जैसवाल लाई मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले धार्मिक यात्राको सफलताको शुभकामना दिँदै टीका तथा फुलमाला लगाई गेरु बस्त्र सँगै नगद ११ हजार ५१ रुपैया दिएर बिदा गरेकी थिइन्।
त्यस्तै साईकल यात्री जैसवाललाई गरुडा स्थित सुन चँदी व्यवसायी संघका प्रदेश अध्यक्ष रामजी साह, कांग्रेस नेता रामाभरोसी यादव, समाजबादी नेता ब्रिजकिशोर यादव लगायतकाले सम्मान सहित बिदाइ गरेका थिए। साईकल बाट हुने धार्मिक यात्राले मानव मानव बीच सदभाव बढेर समाप्रदायिक विभेद अन्त हुनमा सहयाेग पुग्ने यात्री जैसवालले विश्वास लिएका छन्। सञ्जय मिश्रा

प्रकाशित मिति:December 3, 2023