नेप्से निरन्तर ओरालो लागेपछि, कारोबार रकममा पनि गिरावत

  Sampatti News Online

December 3, 2023

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको सोमबारदेखि घट्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से ७.२९ अंकले घटेर एक हजार ८ सय ५१ दशमलब २३ विन्दुमा बन्द भएको हो ।                 

त्यस्तै, आज कारोबार रकम एक अर्ब पनि पुग्न सकेको छैन । आज ९६ करोड ४० लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ९४ कम्पनीको शेयरमूल्य बढेको छ भने १३६ कम्पनीको शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।      

नेप्सेका अनुसार थ्री स्टार हाइड्रोपावर लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस् कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।    

त्यस्तै, माउन्टेन इनर्जी नेपाल लिमिटेड, युनाइटेड इदिमर्दी आरबी हाइड्रोपावर लिमिटेड र एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडको भएको छ । आज यस बैंकको ६ करोड ९५ लाख बराबरको कारोबार भएको छ ।  

१३ उपसमूहमध्ये यस दिन लघुवित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक ०.०६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.२५ प्रतिशत घटेको छ।

प्रकाशित मिति:December 3, 2023