लहानको साइकल स्टोरमा आगलागी, करिब ६० लाखको क्षति

  Sampatti News Online

December 3, 2023

सिराहा । पूर्व–पश्चिम लोकमार्गसँगै रहेको सिराहाको लहान नगरपालिका– ३  स्थित एक साइकल स्टोरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ६० लाख रुपैयाँबराबरको क्षति भएको छ।

इलाका प्रहरी कार्यालय लहानका अनुसार स्थानीय सुनीलकुमार अग्रवालले सञ्चालन गरेको नेपाल साइकल स्टोर्समा आइतबार दिउँसो भीषण आगलागी भएको हो। आगलागीमा बिक्रीका लागि राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर, ट्युब, पार्टपुर्जालगायत जल्दा करिब ६० लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट पुगेको प्रहरी, स्थानीय बासिन्दा, लहान नगरपालिका तथा गोलबजार नगरपालिकाको बारुणयन्त्र र स्थानीयको प्रयासमा आगो सवा एक घण्टापछि करिब २ बजेतिर पूर्ण रूपमा निभाइएको छ।

प्रहरीका अनुसार आगलागीको कारण नखुलेको र प्रहरीले क्षतिको यकिन विवरण सङ्कलनसहित घटनाको अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति:December 3, 2023