काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी (सूचनासहित)

Nepal Cover
१७ मंसिर २०८०, आईतवार
image

काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ ।

महानगरले आज एक सूचना जारी गर्दै गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्न दरखास्त माग गरेको हो ।

 काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको छ । बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको छ । पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइनबाट आवेदन दिनु पर्नेछ ।