विद्युत प्राधिकरण मौलापुर द्वारा पोल तार ब्यवस्थित गरिँदै

Nepal Cover
२० मंसिर २०८०, बुधबार
image

रौतहट २० मंसीर। नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाको सक्रियतामा विद्युतको पोल र अव्यवस्थित तारहरु ब्यवस्थित गर्न सुरु गरिएको छ। केही समय अघि कटहरिया २ जमुनियाका समाजसेवी मनोज कुमार साह, वडा अध्यक्ष हरेन्द्र साह लगायत जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिमंडलले विद्युत पोल तार ब्यवस्थित गर्नुपर्ने माग गर्दै मौलापुर शाखामा ३ बुंदे सुझावपत्र बुझाएको थियो। लगत्तै नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख दिनेश यादवको सक्रियतामा अव्यवस्थित विद्युत पोल र तारहरु ब्यवस्थित गर्न सुरू गरिएको छ।
कटहरिया २ जमुनिया टोल मुल बाटोको ठाउँ ठाँउमा बाङ्गिएको पोल झुन्डिएर रहेको ,तार विधुत प्राधिकरण मौलपुरको अग्रसरतामा व्यवस्थापन गरिएको छ । अब दिन्हु ठुला गाडीहरू आवतजावतमा हुनेगरेको समस्या समाधान हुनुका साथै नागरिक लाई करेन्ट लागेर ज्यान गुमाउने जोखिम हटेको छ।
विद्युत प्राधिकरण मौलापुरले क्रमश भसेढवा, हथियाही, बिर्ती, कटहरिया, पोखरिया, बगही, फतेपुर र डुमरियामा ठाउँ ठाउँमा झुन्डिएको पोलतार व्यवस्थापन गराउन सुरु गरेको देखिएको छ।
आउँदा दिनमा विद्युत महशुल तिर्न सबैको पाएक पर्ने कटहरिया बजारमा महशुल काउन्टर स्थापना तथा व्यवस्थापन गर्न सबैले आआफ्नो ठाउ बाट पहल गर्नुपर्ने माग भइरहेको समाजसेवी मनाेजले बताएका छन्। सञ्जय मिश्रा