काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार झिनो अंकको सुधार भएर बन्द भएको छ । पछिल्लो ७ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, बुधबार सामान्य अंक बढेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ३.३३ अंक बढेर १८४१.०४ विन्दुमा पुगेको छ।
त्यस्तै, आज कारोबार रकम भने घटेको छ । एक अर्ब १४ करोड १८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये १२१ कम्पनीको शेयरमूल्य बढेको छ भने १०६ कम्पनीकोे शेयरमूल्य घटेको छ । १३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ८५८ रुपैयाँ पुगेको छ । साथै विजय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा ८.७ प्रतिशतले बढेर प्रतिकित्ता ६१६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सिंगटी हाइड्रो इनर्जि लिमिटेड लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९.१३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । आज यस बैंकको ७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.७० प्रतिशत घटेको छ।