कटहरिया , परोहाको चार स्थानमा चोरी लुटपाट,एकजना पक्राउ 

  Sampatti News Online

December 9, 2023

रौतहट । रौतहटको चर्चित बजार कटहरिया स्थित गएराति तीनवटा पसल बाट नगद र सामान सहित लाखौं बराबरको चोरी भएको छ। प्रहरी गस्ती टोलीले एकजना चोरलाई केही नगद र सामान सहित रंगेहात पक्राऊ गर्न सफल भएको छ।

कटहरिया बजारको हनुमान मन्दिर छेउ ईलाका प्रहरी कार्यालय बाट मात्र दुईसय मीटर टाढा शिवशंकर साह तेलीको गल्ला पसलको मूल गेटमा लगाईएको तीनवटा ताला फोडेर बिहीवार मध्यराति चोर भित्र पसेका थिए। पसल भित्र रहेको पैसा राख्ने गल्ला ( काठको बाक्सा) बाट झण्डै एकलाख रुपैया चोरी लागेको पीडित टोलीले बताएका छन्।

घटना बारे आफूले आज बिहान मात्र थाहा पाउने बित्तिकै प्रहरी लाई खबर गरेको उनको भनाई छ।

उता कटहरिया नगरपालिका भवन छेउ मूल सडकमा रहेको दुईवटा काठको गुम्ति फोडेर चोरले पान तथा कस्मेटिक पसल बाट नगद र बिभिन्न सामान चोरी लागेका छन्। चोरले दिनेश प्रसाद जायसवाल र अवध प्रसाद जैसवालको गुम्ति फोडेर एकजनाको नगद १५ हजार, र अर्काको नगद ३५, हजार तथा बिभिन्न सामान चोरी लागेको पीडित द्वयले बताएका छन्।

चोरीको घटना बारे उनीहरूले पनि आज बिहान मात्र थाहा पाएर प्रहरी लाई खबर गरेका थिए।

यसैबीच ईलाका प्रहरी कार्यालय कटहरिया बाट गएको गस्ती टोलीले गएराति करीब दुईबजेको समयमा चोरीको घटना भएको जैसवाल को पसल छेउ बाट भाग्दै गरेको अवस्थामा एकजना चोर लाई नगद र सामान सहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कटहरिया नगरपालिका ५ कटहरिया गाउँका नन्दलाल राय यादवको छोरा बर्ष १८!२० का रामेश्वर राय यादव रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख सई रामछवेला यादवले बताएका छन्।

भाग्दै गरेको अवस्थामा प्रहरीले लखेटेर पक्राउ गरेको आरोपी यादवको साथ बाट करिब १५ हजार नगद र केहीथान सेन्टको प्याकेट बरामद भएको सई यादवले जानकारी दिएका छन्।

पक्राउ परेका आरोपी चोर रामेश्वर यादव लाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाईएको प्रहरीले जनाएको छ।

आरोपी रामेश्वर यादव यस अघि पनि छोरीकै घटनामा पक्राउ परेर कारागार देखि सुधार केन्द्रमा समेत बसिसकेका छन्। पटकपटक पक्राउ पर्दा पनि नाबालक भनेर अथवा बिभिन्न कारण देखाएर कार्वाही हुन न सकेको कारण रामेश्वर पटके चोर भएको स्थानीयहरूले गुनासो गरेका छन्।

उता परोहा नगरपालिका ३ तेजापाकाड गाउँका ईस्लाम अन्सारीको घरमा गएराति हतियारधारी समूहले लुटपाट गरेका छन्। लुटेरा समूहले जानेबेला घर बाहिर आएर एक राउण्ड हवाई फायर समेत गरेको अन्सारीका छिमेकीले बताएका छन्।

उक्त घटना बारे बिस्त्रित जानकारी आउन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सञ्जय मिश्रा

प्रकाशित मिति:December 9, 2023