साढे ६ किलो सुनसहित तीन विदेशी नागरिक पक्राउ

  Sampatti News Online

December 10, 2023

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित केही विदेशी नागरिक पक्राउ परेका छन् ।

फ्लाई दुबईको जहाज चढेर काठमाडौं आएका इजिप्ट र सुडानका नागरिकहरुलाई भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुनसहित पक्राउ गरेको हो ।

भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले उक्त सुन बरामद गरेको हो । सुनसँगै तीन जना विदेशी नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन बोकेर आएका इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन रहेका छन् । उनले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए ।

उनीसँगै रहेका दुई सुडानी नागरिकलाई पनि प्रहरी पक्राउ गरेको छ । अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो । सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरिएको विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिए ।

फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरू काठमाडौँ आएका हुन । जहाज गए राति ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । चेकजाँचको क्रममा भन्सार क्रस गरेपछि उनीहरू राति १२ः४५ बजे पक्राउ गरिएको चन्दले जानकारी दिए ।

प्रकाशित मिति:December 10, 2023