१ थान पेस्तोल र २० थान गोली सहित ३ जना पक्राउ

  Sampatti News Online

December 10, 2023

कवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बाट १ थान पेस्तोल र २० थान गोलीसहित सोही उपमहानगरपालिका-९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट नगद ५० हजार रुपैयाँ, २ सय ग्राम लागुऔषध खैरो हेरोइन‚ लागुऔषध तौल गर्ने तराजु पनि बरामद भएको प्रहरीले जनाएको छ।

सोही उपमहानगरपालिका-९ स्थित सूर्य प्रसाद पौडेलको घरमा मंसिर १८ गते गोली प्रहार भएको घटनाको अनुसन्धानको क्रममा घटनामा उनीहरूको संलग्नता खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति:December 10, 2023