जंगलसहिया पशुपती मन्दिरमा महादिपदान गरिँदै

  Sampatti News Online

December 10, 2023

रौतहट २४ मंसिर। रौतहटको गुजरा नगरपालिका स्थित पशुपती मन्दिर परिसरमा बाला चतुर्दशीको पूर्वसन्ध्यामा आज आईतवार महादीपदान गरिँने आयोजकले जनाएको छ।
पितृका नाममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको सन्ध्यामा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा रहेको छ । सोही परमपरा अनुसार ​श्रद्धालु त्रयोदशीका दिन आज साँझ दीप बालेर रातभर जाग्राम बस्ने र बिहान लालबकैयामा सेलाएर स्नान गरी पाशुपती मन्दिर परिसरमा शतबीच छर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष उमेश कुमार शाहीले बताएका छन्।
जंगलसहिया पशुपती स्थानमा शतबीज छर्नाले पितृको मुक्ति हुने विश्वास छ। यसैगरी शतबीजको प्रत्येक दान एक रति सुवर्णदान समान हुने बताइन्छ। मेला समितिको पहलमा बाला चतुर्दशीको अवसर पारेर जंगलसहिया पशुपती मन्दिरमा सुक्रबारदेखि चारदिने मेला सुरु भएको हो ।
लामो समय देखि हरेक बर्ष लाग्दै आइरहेको मेला यस वर्ष पनि भव्यताका साथ लागि रहेकाले पशुपती मन्दिरमा लाखबत्ती बाल्न आउन भक्ताजनहरुलाई आउन आयोजकले आग्रह गरेको छ ।
भक्तजन तथा मेला भर्न आउनेहरुको मनोरञ्जनको लागि पशुपति मन्दिर परिसरमा सरसफाइ पश्चात् स्टेज निर्माण गरि शुक्रवार बेलुकी देखि सांस्कृतिक कार्यक्रम सुरुभएको समितिका अध्यक्ष शाहीले जानकारी दिएका छन्।
मन्दिरमा आउनेहरुको लागि खानेपानी, शौचालय,विद्युत तथा सुरक्षाको समेत व्यवस्थापन गरिएको मेला आयोजकले जनाएको छ ।
यसै वर्ष दिवंगत अथवा निधन भएका पित्री तथा आफन्तको परिवारका मानिसहरु रौतहट, बारा, सर्लाही, पर्सा, सिन्धुली लगायत टाढा टाढाबाट जंगलसहिया पशुपति मन्दिरमा आएर लाखबत्ती बालेर सतबिज छर्ने गर्दछन् ।
जंगलसहिया स्थित उक्त पशुपति मन्दिरमा लाखबत्ती बालेर सतबिज छर्नाले दिवंगत आत्माले शान्ति पाउने जनविश्वास रहिआएको छ । सञ्जय मिश्रा

प्रकाशित मिति:December 10, 2023