तत्कालीन अनुसन्धान अधिकृत बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Nepal Cover
२४ मंसिर २०८०, आईतवार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राज्यका सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकाले ती निकायहरूमा कार्यरत कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र छानबिन गरी कारबाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली (झुट्टा) प्रमाणपत्र पेस गरेको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

उक्त शैक्षिक प्रमाणपत्र पेस गरी उनले राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिइ बढुवा समेत भइ अनुसन्धान अधिकृत पदको ओहोदा, लाभ र सुविधा प्राप्त गरेको देखिएको अख्तियारको दाबी छ ।