एनसेल सेयर खरिदबिक्री प्रकरण : अध्ययन तथा छानबिन समितिले काम थाल्यो, को हुन् शतिशलाल आचार्य 

  Sampatti News Online

December 11, 2023

एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आजदेखि औपचारिक रुपमा कार्य प्रारम्भ गरेको छ । नेपाल सरकारबाट प्राप्त कार्यदेशभित्र रही तोकिएको समय सीमाभित्र अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने गरी अध्ययन थालिएको समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले जानकारी दिए ।

समितिले अध्ययन तथा छानबिनका क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकाय, सरकारी अधिकारी, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने उनले बताए । संयोजक शर्माले आवश्यक कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला सङ्घसंस्था र व्यक्तिसँग समेत छलफल गरी राय सुझाव पेस गरिने बताए ।

समितिले एनसेलको शेयर खरिदबिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाण भएमा समिति समक्ष उपलब्ध गराइ अनुसन्धानमा सहयोग गर्न सम्पूर्णमा आह्वान गरेको छ । समितिको सचिवालय सिंहदरबास्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको छ । सरकारले यही मङ्सिर २१ गते एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा, प्रचलित कानुनको परिपालना, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयको अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।

टेलिकम माफिया भन्दै एनसेल बिक्रीमा तथा कर छलिमा घोटला गर्ने शतिशलाल आचार्यको अकुत सम्पति छानबिन गर्न सरकारलाई नागरिकको दवाव आउन लागेको छ । सामाजिक सञ्जाल फेसबुक तथा एक्समा बिभिन्न पोष्टलाई सिधै टेलिकम माफिया भन्दै गालीको बर्षाद भएको छ । 

जनतालाई निशुल्क भोईस र डाटा आधा मुल्यमा दिन्छु भन्ने सिजि टेलिकम दर्ता गर्न रोक्न अरबौको चलखेल गरेको तथा एनसेलको राज्यलाई बिभिन्न कर बापतको रकम घास स्वरूप बुझेर मिलाएको आरोप लगाईएको छ ।

को हुन् शतिशलाल आचार्य 

सतीश लाल आचार्य नेपालमा जन्मेका थिए तर पछि सिंगापुर गए, जहाँ उनले आफूलाई एक सफल व्यवसायीको रूपमा स्थापित गरे। उनको जन्मको सही वर्ष सार्वजनिक रूपमा उपलब्ध छैन। उनको शैक्षिक पृष्ठभूमि सार्वजनिक रूपमा थाहा छैन, तर उनले कुटनैतिक तथा व्यापार शिक्षा प्राप्त गरेको विश्वास गरिन्छ सकीन्छ। 

दूरसञ्चार उद्योगमा आचार्यको प्रारम्भिक प्रवेश कम्बोडियाबाट सुरु भयो। मलेसियाली दूरसञ्चार कम्पनी आजियाटा र कम्बोडियन कम्पनीबीचको संयुक्त लगानी स्मार्ट एक्जियाटामा उनी लगानीकर्ता बने। दूरसञ्चार क्षेत्रमा आचार्यको थप संलग्नताको जग बसाल्दै यो उपक्रम निकै सफल साबित भयो।

डिसेम्बर २०२३ मा, आचार्यले आफ्नो कम्पनी, स्पेक्ट्रलाइट युके लिमिटेडले नेपालको सबैभन्दा ठूलो मोबाइल नेटवर्क अपरेटर एनसेलको ८०% सेयर राख्ने कम्पनी रेनोल्ड्स होल्डिङ्समा आजियाटाको १००% सेयर अधिग्रहण गर्दा हेडलाइन्स बने। यो अधिग्रहणले आचार्यलाई नेपालको दूरसञ्चार परिदृश्यमा प्रमुख खेलाडी बनायो। जस्मा कर छलिको आरोप लाग्दै सिजि टेलिकम रोकेको समेत आरोप आम नागरिक ले लगाएर विवादमा परे ।

एनसेलमा आचार्यको संलग्नता केही विवादमा परेको छ ।कतिपयले अधिग्रहण प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाएका छन् र खरिदका लागि खर्च भएको रकमको स्रोतबारे थप अनुसन्धान गर्न माग गरेका छन् । थप रूपमा, नेपाली दूरसञ्चार उद्योगमा आचार्यको पारिवारिक सम्बन्धका कारण सम्भावित स्वार्थको द्वन्द्वको बारेमा चिन्ता व्यक्त गरिएको छ।

सतीश लाल आचार्यको सिंगापुरका व्यापारीबाट नेपालको दूरसञ्चार उद्योगको प्रमुख खेलाडीसम्मको यात्रा चाखलाग्दो छ।हाल सतीश लाल आचार्य र उनको व्यापारिक कारोबारलाई लिएर विवाद चलिरहेको छ । हाल सरकारलाई समेत नागरिकले तिब्र दबाब दिन लागेका छन् । 

प्रकाशित मिति:December 11, 2023