काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बजार उच्च अंकले बढेपनि यस दिन अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन बजार घट्न पुगेको हो। आज नेप्से १५.४० अंकले घटेर एक हजार ९ सय ४८ दशमलब ५७ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज चार अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ८१ कम्पनीको शेयरमूल्य बढेको छ भने १५७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपाल बालाजु लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था, दोल्ती पावर कम्पनी लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र हाथवे इनभेष्टमेन्ट नेपाल लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
त्यस्तै, समता लघुवित्त वित्तीय संस्था लिमिटेड लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ७.१५ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्य एण्ड वेल कम्पनी लिमिटेडको भएको छ । आज यस बैंकको २५ करोड १५ लाख बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपससमूहको परिसूचक सर्वाधिक २.१६ प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १.३७ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०९ प्रतिशत घटेको छ।