अर्थका ६ सहसचिवको पदस्थापन

  Sampatti News Online

December 12, 2023

काठमाडौँ । अर्थ मन्त्रालयले ६ जना सहसचिवको पदस्थापन तथा जिम्मेवारी हेरफेर सहित कार्यक्षेत्र तोकिएको छ।

लामो समयदेखि थन्क्याएर राखिएका सहसचिवहरु लाई ठुलै कसरत पश्चात् टुङ्गो लगाइएको बताइएको छ। नयाँ जिम्मेवारी क्रमशः महेश आचार्य,पार्वती शर्मा काफ्ले , राजेश्वर ज्ञवाली, शम्भु प्रसाद मरासिनी, महेश बराल, र अमृत लम्सालको पदस्थापन तथा जिम्मेवारी हेरफेर भएको हो ।

प्रशासन महाशाखाको जिम्मेवारी आचार्यलाई दिइएको छ भने राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रकको कार्यालयमा पठाइएको छ ।
त्यसैगरी पार्वती शर्मा काफ्ले लाई आन्तरिक राजस्व बिभागको उपमहानिर्देशकको जिम्मेवारी तोकिएको छ। त्यसैगरी महालेखा नियन्त्रकको कार्यालयका शम्भु प्रसाद मरासिनीलाई भन्सार जाँच पास परीक्षण कार्यालयको प्रमुख भन्सार परीक्षण प्रशासकमा पठाइएको छ भने सहसचिव महेश बराललाई कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

सहसचिव अमृत लम्साललाई बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकमा पठाइएको मन्त्रालयले जनाएको छ ।
६ जना सहसचिवको सरुवा गरिएका मध्ये सहसचिव शर्मा जहाँ जहाँ गयो त्यहा उल्लेखनीय नतिजा दिन सक्ने महिला प्रशासकका रूपमा परिचय बनाउन सफल भएको देखिन्छ ।

प्रकाशित मिति:December 12, 2023