आमजनता पार्टी द्वारा माघ १० गते मधेश प्रदेश बन्दको आह्वान

  Sampatti News Online

December 13, 2023

रौतहट २७ मंसीर। पूर्व मन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी माघ १० गते मधेश प्रदेश बन्दको आह्वान गरेको छ।

आमजनता पार्टीको नेतृत्वमा बैंक तथा वित्तीय पीडित संघर्ष समितिको आयोजनामा आगामी माघ १० गते मधेश प्रदेश बन्दको आह्वान सहित संघर्षको कार्यक्रम सार्वजनक गरेको हो। बैंकहरुले मनोमानी ढंगले लिएको ब्याज फिर्ता , लघुवित्त तथा सहकारी बाट गरीब किसानले लिएको कर्जा माफी तथा आमजनता लाई सहज कर्जाको ब्यवस्था गर्न निरन्तर आवाज उठाउँदा पनि सरकार गम्भीर नदेखिएकाले संघर्षको कार्यक्रम घोषणा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै संघर्षको कार्यक्रम सफल बनाउन आम बुद्धिजिवी, किसान, मजदुर, उद्योगी, व्यवसायी तथा पत्रकार लाई आग्रह गरिएको छ। आजपाले सार्वजनिक गरेको संघर्षको कार्यक्रममा आगामी पुस १२ गते पार्टीको प्रदेश स्तरीय भेला वीरगंजमा गर्ने,१३ पुस भित्र प्रदेशको सम्पूर्ण पालिकामा अन्तरकृया गरी संघर्ष समिति गठन गर्ने, माघ १ देखि ८ गते सम्म प्रदेशको प्रत्येक जिल्लामा अन्तरकृया गरी संघर्ष समिति गठन गर्ने, माघ ९ गते प्रत्येक जिल्लामा मोटरसाईल जुलुस निकाल्ने र माघ १० गते मधेश प्रदेश बन्द गर्ने कार्यक्रम रहेको आमजनता पार्टीका प्रदेश ईन्चार्ज सुधीर यादव र अध्यक्ष उमेश कुशवाहा द्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति:December 13, 2023