बागमती नदी किनारमा ठूलो परिमाणमा अबैध ढुङ्गा भण्डारण

जिल्ला समन्वय सहितको निकाय मौन

  Sampatti News Online

December 13, 2023

रौतहट २७ मंसिर । रौतहटको उतरिभेग चन्द्रपुर नगरपालिका १ स्थित बागमती नदी किनारामा ठूलो परिमाणमा  ढुंगा उत्खनन गरी भण्डार गरेको पाईएको छ ।

चन्द्रपुर नगरपालिकाले बागमती नदीको ठेक्का नलगाएको अवस्थामा अबैध रुपमा उत्खनन गरेर ठूलो परिमाणमा ढुंगा भण्डार गरिएको हो।

अबैध रुपमा भण्डारण गरिएको सैयौं घनमिटर ढुंगा सम्बन्धित निकायले नियन्त्रणमा लिनु पर्ने स्थानीय वासिन्दाले माग गरेका छन् । अवैद्य रुपमा  उत्खनन गरेर बागमती किनाराको दोभान सामुदायिक वन क्षेत्रभित्र भण्डार गरिएको ढुंगा संकलनकर्ताहरुले विभिन्न स्थानमा लगि विक्री वितरण समेत गर्दै आएका छन् । नियमनकारी निकाय जिल्ला समन्वय समिति लगायत निकायको ध्यान नगएकै कारण ठेक्का नलगाएकै अवस्थामा पनि भण्डारकर्ताहरुले  जिल्लाको विभिन्न स्थानमा पुर्याएर ढुंगा विक्री वितरण गर्दै आएका छन् ।  ढुंगा विक्री गर्न जिल्लाको दक्षिणी भेगमा लैजादा सर्लाहीको बागमती नगरपालिकाको ढुंगा हो भन्दै झुक्याएर लाने गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

नियम विपरित संकलन गरेर राखिएको ढुंगा नियमनकारी निकाय तथा नगरपालिकाले जफत गर्नुपर्ने स्थानीयको माग रहेको छ । 

डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत राजेश साहले अवैध रुपमा बागमतीमा उत्खनन गरेर भण्डार गरी राखेको ढुंगाको विषयमा आफुहरुले अनुसन्धान अगाडि बढाएको जानकारी दिए । 

ढुंगा, गीति बालुवा जस्ता नदीजन्य पदार्थको नियमन गर्ने, कार्वाही गर्ने अधिकार जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको अधिकार रहेको जिल्ला बन पुछारमा रहेकाले उनीहरूले पनि चासो लिनुपर्ने सहायक अधिकृत साहले जानकारी दिएका छन। बागमती किनाराबाट अवैद्य रुपमा उत्खनन गरि सामुदायिक वनको क्षेत्रमा भण्डार गरिएको ढुंगा उनीहरुले सर्लाहीको हो भन्दै चन्द्रपुर नगरपालिकालाई तिर्नुपर्ने राजस्व समेत नतिरी विक्री वितरण गर्दै आएको बताइएको छ  । सञ्जय मिश्रा

प्रकाशित मिति:December 13, 2023