अबैध चिरान काठ बोकेको ट्याकटर सहीत मानिस पक्राउ

Nepal Cover
२७ मंसिर २०८०, बुधबार
image

रौतहट २७ मंसीर। डिवीजन बन कार्यालय रौतहटको गस्ती टोलीले अबैध सालको चिरान काठ बोकेको एउटा ट्याक्टर सहित एकजना मानिस लाई पक्राउ गरेको छ।

 विशेष सुराकी को आधारमा पौराई सव-डिभिजन बन कार्यालयका  बनअधिकृत  सुरेश प्रसाद महतो को नेतृवमा खटिगएको टोलिले चन्द्रपुर नगरपालिका ६ बेतौना स्थित अबैध साल जातको २४ थान २१ क्युफिट चिरान काठ बोकेको ना ५ त ५६३४ नम्बरको  ट्याक्टर नियन्त्रणमा लिएको हो। अबैध काठ बोकेको ट्याक्टर सहित चन्द्रपुर ५ का श्याम पौडेल पक्राउ परेको डिवीजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताएका छन्।

बरामद काठ, ट्याक्टर सहित पौडेललाई आवश्यक कार्बाहिको लागि डिवीजन बन कार्यालय चन्द्रिगाहपुर लागिएको प्रमुख मिश्रले जानकारी दिएका छन्।