सामान्यको प्रशासन महाशाखाप्रमुख मा महत्तो, क्षमता बिकासमा डाक्टर रेग्मी, दाहाल फालिए

Nepal Cover
२८ मंसिर २०८०, बिहीबार
image

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तीन जना सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ ।

जनमत पार्टीबाट मन्त्री भएकी अनिता देवी साहले आइतवार कर्मचारी प्रशासन महाशाखाका प्रमुखसहित स्थानीय तह क्षमता विकास र संघीय मामिला महाशाखा प्रमुखहरूलाई महाशाखा सारफेर गरेकी हुन् ।

मन्त्री साहले स्थानीय तह क्षमता विकास महाशाखा प्रमुख राम कुमार महतोलाई कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएकी छिन् भने त्यहाँका सुमन दाहाललाई संघीय मामिला महाशाखामा पठाइएको छ । यो महाशाखा कर्मचारी लाई थन्काउने शाखाका रूपमा लिनेगरिएको बताइन्छ ।
संघीय मामिला महाशाखा प्रमुख डा. नारायण रेग्मी महतोको ठाउँमा स्थानीय तह क्षमता विकास महाशाखा प्रमुखमा खटाइएको छ ।

मन्त्रालयको प्रशासन महाशाखा शक्तिशाली र महत्त्वपूर्ण मानिन्छ । कर्मचारी सरुवामा महत्त्वपूर्ण भूमिका रहने भएकै कारण सामान्य प्रशासन मन्त्रालयको प्रशासन राम कुमार महतोलाई बनाएको हो।
प्राप्त जानकारी अनुसार पछिल्ला दिनमा सामान्य प्रशासनको सरुवा लेनदेनमा हुने गरेको चर्चा बजारमा चल्ने गरेको छ।
मधेस मुलका मन्त्री अनि प्रशासन समेत कब्जा भएपछि त अब यो रफतार बढने आकलन गरिएको छ। यो बीचमा एउटा प्रमुख प्रशासकीय अधिकृत सरुवाको निम्ति ५ देखी ७ लाख रेट नै फिक्स गरिएको खबर सचिब बिनोद प्रकाश सिह लाई जानकारी नभएर हो या बाध्यतामा परेका हुन खोजिको बिषय बन्नुपर्ने भएको छ।