मेयर चौधरीले गरे बिद्यालय भवनको शिलान्यास

  Sampatti News Online

December 18, 2023

रौतहट २ पुस । गुजरा नगरपालिका–रौतहटको गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले एक समारोहका बिच बिद्यालय भवनको शिलान्यास गरेका छन्।
मेयर चौधरीले विधिवत रुपमा ब्रहमण द्वारा मन्त्रोच्चारण पश्चात गुजरा ९ स्थित श्री माध्यामिक विद्यालय सिमरा भवानीपुरको प्रशासनिक भवनको शिलान्यास गरेका हुन्।
निर्माण हुनलागेको बिद्यालय भवनको कूल बजेट ४ करोड रहेको छ। प्रशासनिक भवनको पहिलो वर्ष १ करोड २ लाखको लागत स्टिमेट रहेको तथा स्वीकृत रकम ६३ लाख ९७ हजार ४ सय ६६ रूपैयाँमा भवन निर्माण शुभारम्भ गरिएको मेयर चौधरीले बताएका छन्।
निर्माण हुने भवनमा लाईब्रेरी, फिजिक्स ल्याब, अकाउन्ट कोठा, परीक्षा कोठा लगायत रहने नगरपालिकाका ईन्जिनियर प्रविण साहले बताए।भवन निर्माणको टेण्डर चौधरी कस्ट्रक्सनले लिएको तथा पहिलो चरणको काम आगामी आर्थिक वर्षको पुस मसान्तसम्म पूरा गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति:December 18, 2023