मौलापुरमा ४ गोठमा आगलागी ,५ चौपायाको जलेर मृत्यु,लाखौँ क्षती

  Sampatti News Online

December 18, 2023

रौतहट । रौतहटको स्थानिय मौलपुर नगर पालिकाको छुट्टाछुट्टै दुईवटा वडामा भएको आगलागी बाट चारवटा गोठ जलेर नष्ट भएको छ भने गोठमा रहेको ४ चौपायाको जलेर मृत्यु भएको छ। आगलागी बाट १४ लाख बढीको क्षती भएको छ।

मौलापुर ६ पथरा बुधराम स्थित त्रिभुवन रामको गोठमा गएराती साढे १० बजे अचानक भएको आगलागी बाट गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ। गोठमा रहेको दुईजिउको भैँसी १ थान,२ थान बाख्रा र २ थान पाठो गरी ५ चौपायाको जलेर मृत्यु भएको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाले बताएका छन। आगलागी बाट रामको ४ लाख बराबरको क्षती हुन प्रहरीले जनाएको छ। गाउँले र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिएको थियो।

त्यसैगरी मौलापुर  ३ गम्हरियामा गएराती ११ बजे भएको आगलागी बाट तीनवटा गोठ जलेर नष्ट भएको छ। स्थानिय कामेश्वर प्रसाद,चौठी बैठा,साहेब बैठा र भरोस बैठाको गोठ जलेर पुर्णरुपमा नष्ट भएको छ। 

आगलागी बाट तीनैजनाको गरी १० लाख बराबरको क्षती हुन छ। घटनालगतै ईलाका प्रहरी मौलापुरका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाको कमाण्डमा गएको टोली र गाउँले मिलेर गौर बाट आएको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो। आगलागीको कारण खुल्न नसके पनि लामखुट्टे भगाउन बालिएको घुर बाट सल्किएर भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

आगलागी लगत्तै घटनास्थल गमहरिया पुगेकी मौलापुर नगर प्रमुख रिनाकुमारी साहले आगलागीको कारण पता लगाउन र पीडित परिवार लाई तत्काल सहयोग गर्न सम्बन्धित निकाय संग माग गरेकी छन्। सञ्जय मिश्रा

प्रकाशित मिति:December 18, 2023