रौतहट प्रहरी द्वारा घरेलु मदिरा नष्ट

Nepal Cover
३ पुष २०८०, मंगलवार
image

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट खटिएको प्रहरी गस्ती टोलीले अबैध घरेलु मदिरा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय गौरको टोली गस्ती गर्दै जाने क्रममा नगरपालिकाको बिभिन्न स्थानबाट अबैध घरेलु तयारी मदिरा २००लिटर बरामद गरेको थियो।
बरामद अबैध घरेलु मदिरा स्थानिय भद्रभलादमी, संचारकर्मी तथा प्रहरी कर्मचारीहरुको रोहवरमा यस जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङगणमा नष्ट गरीएको जनाईएको छ । पछिल्लो समय जिल्लाको उतरिभेग चन्द्रपुर लगायतका स्थान बाट बिभिन्न सवारी साधनमा लुकाई छिपाई दैनिक सयौं लिटर अबैध मदिरा गरुडा, शिवनगर , गौर बजारमा ल्याएर बिक्री बितरण भइरहेको छ।