जसपा रौतहट द्वारा बिभिन्न महत्वपुर्ण निर्णय

  Sampatti News Online

December 19, 2023


रौतहट । जनता समाजबादी पार्टी नेपाल जिल्ला कार्यसमिति रौतहटको बैठकले बिभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
पार्टी जिल्ला अध्यक्ष श्याम विहारी यादवको अध्यक्षतामा गौरमा बसेको बैठकमा पार्टी विस्तारका लागि विभिन्न प्रस्तावमाथि व्यापक छलफल गरि अगामी कार्यक्रम संबंधी समेत बिभिन्न निर्णय गरेको हो।
बैठकमा पार्टीको संगठन विस्तार तथा नया सदस्यता वितरण तुरुन्तै सुरु गरिने निर्णय गरिएको छ। त्यस्तै आगामी माघ ५ गतेका दिन बलिदानी दिवस भव्यरुपमा मनाउने तथा माघ २१ गते मुस्लिम मोर्चाको जिल्ला भेला गरिने निर्णय गरिएको बैठकमा सहभागी पूर्व रौतहट हाल सर्लाहीका पार्टी जिल्ला इन्चार्ज रामवशिष्ठ यादवले बताएका छन। उक्त कार्यक्रमको तयारी सम्बन्धि जिम्मेवारी बाँडफाँड बारे निर्णय समेत भएको इन्चार्ज यादवले बताएका छन्।
जसपाका राष्ट्रिय कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीको प्रमुख आतिथ्यमा बसेको बैठकमा पार्टीका राजनितीक समिति सदस्य विश्वनाथ पटेल . गुजराका मेयर सन्तलाल चौधरी,पूर्व प्रदेश सांसद रामकिशोर यादव, प्रदेश राज्यमन्त्री अब्दुल कलाम अजाद,केन्द्रीय सदस्य किरण ठाकुर , प्रदेश सांसद शोभा साह , महम्मदअनवर हासमी, अमृत चौधरी ,जिल्ला कार्यसमितिका सह- सचिव विजय प्रसाद पटेल,युवा नेता ललन कुमार यादव,जिल्ला कार्यसमिति, भातृ संगठनका प्रतिनिधि लगायतका उपस्थिति रहेको जानकारी दिएका छन्। सञ्जय मिश्रा

प्रकाशित मिति:December 19, 2023