सेयर बजारमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ९८ करोडको कारोबार

  Sampatti News Online

December 19, 2023

काठमाडौं । आज (मंगलवार) पनि नेप्से परिसूचक बढेर बन्द भएको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से ४५.९८ अंकले बढेर दुई हजार एक सय ६ दशमलब ४८ विन्दुमा बन्द भएको हो ।                        

त्यस्तै, आज ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये १८३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज ७ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने २ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । 

त्यस्तै, सिद्धार्थ इनभेष्टमेन्ट ग्रोथ स्किम २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ७.२६ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडको भएको छ । आज यस कम्पनीको ३७ करोड ४३ लाख बराबरको कारोबार भएको छ । 

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.९४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूच्क ४.७४ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमिूहको परिसूचक ३.१२ प्रतिशत बढेको छ। कारोबारमा आएका बैंकिङ्ग, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित मिति:December 19, 2023