वृन्दाबनका मेयर कुर्मी द्वारा कालोपत्रे शिलान्यास

Nepal Cover
४ पुष २०८०, बुधबार
image

रौतहट ४ पुस। स्थानिय वृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले मंगलवार कालोपत्रे सडक निर्माणको शिलान्यास गरेका छन ।

मेयर कुर्मीलेbवृन्दावन १ बलेरीखोरको ब्रहम स्थानदेखि चाँदी खोलासम्मको बिश्रामपुर जाने सडकमा निर्माण हुनलागेको कालोपत्रको शिलान्यास गरेका हुन्। शिलान्यास गरिएको बाटो १५ दिन भित्र कालोपत्रे निर्माण सम्पन्न हुने मेयर कुर्मीले बताएका छन्।
नगरस्तरीय योजनाबाट कुल ५८ लाख ७६ हजारको लागतमा ६ सय साढे ७५ मीटर बाटोमा कालोपत्रे हुनलागेको वृन्दावन का प्रमुख प्रशासकीय अधिकृत रासनारायण पटेलले बताएका छन्।
शिलान्यास कार्यक्रममा मेयर कुर्मी, अधिकृत पटेल, वडा १ का वडाध्यक्ष रामनाथ साहनी, ६ का वडाध्यक्ष मजहर मन्सुर, कार्यपालिका सदस्य राजेश पासवान, ईन्जिनियर दिलिप यादव, लगायतको उपस्थिति रहेको थियो ।