नक्कली नेपाली नोट सहित भारतीय नागरिक ठाकुर पक्राउ

  Sampatti News Online

December 20, 2023

रौतहट ४ पुस । गौर चन्द्रपुर सडकखण्डमा पर्ने बालचनपुर चौक बाट नेपाली हजारको नक्कली नोट सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सीमापारी बिहारको पूर्वी चम्पारण दार्पा थाना–१ सुखलहिया गाउँका ३८ वर्षीय सुरेन्द्र ठाकुर रहेको प्रहरीले जनाएको छ। बालचपुर चौकमा ठेला पसलमा एक किलो सुन्तला खरिद गर्न एक हजारको नोट दिएपछि पसल सञ्चालकले नोट नक्कली भएको शंका लागेर प्रहरीलाई खबर गरेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट सई आनन्द रायको कमान्डमा टोली बालचनपुर पुगेर ठाकुरको शरीर खानतलासी गर्दा नक्कली नोट एकथान च्यातिएको गरी २० थान अर्थात बीस हजार नक्कली नोट बरामद गरेको थियो ।
ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका इन्स्पेक्टर गायत्री शर्माले पक्राउ परेका ठाकुरमाथि खोटा चलनसम्बन्धी मुद्दा दर्तागरी अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान सुरुगरिएको बताएका छन। आरोपी ठाकुर नक्कली नोटको कारोबारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताईएको छ।

प्रकाशित मिति:December 20, 2023