रौतहटमा सशस्त्र द्वारा १५ लाख बढीको अबैध कपडा बरामद

  Sampatti News Online

December 20, 2023

रौतहट ४ पुस। रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले १५ लाख रुपैयाँ भन्दा बढीको अबैध लत्ताकपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल ११ गण हेक्वा रौतहटले १५ लाख १६ हजार बराबरको अबैध लत्ताकपडाहरु बरामद गरेको एस्पी माधव रेग्मीले बताएका छन्।
विशेष सूचनाको आधारमा आज बिहान सशस्त्र प्रहरी ११ नम्बर गण बाट गएको टोलीले बौधिमाई नगरपालिका ७ स्थित रौतहट बाराको सीमानामा रहेको अरुवा खोला पुल नजिकै टहरामा वेवारिसे अवस्थामा रहेको उक्त कपडा बरामद गरेको हो।
बरामद बिभिन्न किसिमका लत्ताकपडाहरुको कुल १५ लाख १६ हजार रुपैयाँ मूल्याङकन गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ। तस्करहरुको समूहले भारतीय बजार बाट अबैध रुपमा भित्रयाएर भण्डारण गरी राखिएको उक्त कपडा लुकाई छिपाई रौतहटको बिभिन्न बजारमा पुर्याउने योजनामा रहेको अनुमान गरिएको छ।सञ्जय मिश्रा

प्रकाशित मिति:December 20, 2023