शेयर बजारमा दाेहाेराे अंकको गिरावट

  Sampatti News Online

December 21, 2023

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ७ कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्से यस दिन भने करेक्सन भएको हो। आज नेप्से ३२.७७ अंकले घटेर दुई हजार एक सय ९ दशमलब १० विन्दुमा बन्द भएको हो ।                         

त्यस्तै, आज नेप्से परिसूचक संगै कारोबार रकम पनि घटेको छ । आज ६ अर्ब ४३ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये ५० कम्पनीको शेयरमूल्य बढेको छ भने १९१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज ७ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने ३ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । 

त्यस्तै, सुर्यजयोती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ७.४४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयलको २५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने अन्य ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.३६ प्रतिशत र व्यापार उपसमूहको परिसूचक ०.५६ प्रतिशत बढेको हो। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२३ प्रतिशत घटेको छ।

   

प्रकाशित मिति:December 21, 2023