विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता

  Sampatti News Online

December 21, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंको फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावेदन मुद्दा दर्ता भएको छ । आयोगले विशेषको फैसला चित्त नबुझी बिहीवार सर्वाेच्चमा पुनरावेदन मुद्दा दायर गरेको हो ।

विभिन्न मितिमा विशेष अदालतबाट भएको फैसलामा आयोगलाई चित्त नबुझी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा पुनरावेदन गरिएको हो । चौध करोड एकासी लाख उनान्नब्बे हजार तेइस रुपैयाँ अवैध सम्पत्ति कमाएको आरोप लागेको सो मुद्दामा मदन प्रसाद गुप्तासहित ९ जना प्रतिवादी छन् ।

सार्वजनिक सेवा प्रवेश गरेको २०४७ असार २७ गते देखि आ.व. २०७५/०७६ सम्मको अवधिमा मदनको परिवारका सदस्यहरू समेतले चार करोड चौवन्न लाख बहत्तर हजार दुई सय छयालीस रुपैयाँ आय आर्जन गरेको देखिएको छ ।

आमदानीको दाँजोमा गुप्ताको परिवारले विभिन्न शीर्षकहरूमा गरिएको खर्च तथा लगानी उन्नाइस करोड छत्तीस लाख एकसाठी हजार एक सय उनान्सत्तरी रुपैयाँ देखिएको अख्तियारका प्रवक्ता​ नरहरि घिमिरेले बताए ।

आय भन्दा बढी खर्च तथा लगानी गरेको रकम चौध करोड एकासी लाख उनान्नब्बे हजार तेइस रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलेको नदेखिएको अख्तियारको दाबी छ ।

प्रकाशित मिति:December 21, 2023