नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

Nepal Cover
७ पुष २०८०, शनिबार
image

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि दरखास्त आव्हान भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिमिटेडको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

यो सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरवार, काठमाडौँमा दरखास्त दिन भनिएको छ ।

लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूका लागि सूचना प्रकाशित गरिएको उल्लेख छ ।

सूचना अनुसार दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको, मान्यता प्राप्त विश्वविद्यालयबाट निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा स्नातकोत्तर गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।

आवश्यक योग्यता, अनुभव, पेस गर्नु पर्ने कागजातलगायत विस्तृत विवरण मन्त्रालयको वेबसाइट www.moics.gov.np मा प्रकाशन गरिएको छ ।