पोखरामा रवि लामिछानेमाथि मकैको खोया प्रहार, एक जना पक्राउ

Nepal Cover
८ पुष २०८०, आईतवार
image

काठमाडौँ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार गर्ने एक जना पक्राउ परेका छन्।

पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी एक युवकले मकैको खोया प्रहार गरेका हुन् । सभापति लामिछाने बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको थियो। 

खोया प्रहार गरेका लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘घटना हेर्दा शङ्कास्पद देखिन्छ । सभापति रवि लामिछानेले उजुरी दिनुभएको छैन । हामीले प्रहरीको तर्फबाट अनुसन्धान गरिरहेका छौँ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको प्रतिक्रिया दिए ।