शेयर बजारमा २१.०३ अंकको गिरावट

Nepal Cover
८ पुष २०८०, आईतवार
image

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि सुरु भएको करेक्सनले यस दिन पनि निरन्तरता दिएको हो। आज नेप्से २१.०३ अंकले घटेर दुई हजार ८८ दशमलब ७ विन्दुमा बन्द भएको हो ।                          

त्यस्तै, आज ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये ७९ कम्पनीको शेयरमूल्य बढेको छ भने १६१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज ९ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने २ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । 

त्यस्तै, ज्योती विकास बैंक बोण्ड २०८७, नेपाल रिपब्लिक मिडिया कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडको भएको छ । आज यस कम्पनीको ३० करोड ४३ लाख बराबरको कारोबार भएको छ ।      

यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.८९ प्रतिशत घटेको छ।