गएको छु म तिम्रो हातमा स्पर्श गर्दै
मनलाई अनेक तरङ्गमा धकेल्दै
नदीले किनारामा पुगेर छाल हान्दा
पुरा गर्न खोजेको छु मनका सबै इच्छा
तिम्रो नजिक हुन म आतुर छु
केही कुरा मनमा छ आनन्द मानेको छु
तिम्रो मिठो हाँसोमा मनलाई भुलाउँछु
तिम्रो बोलिले मनलाई खुसी बनाउँछु
तिम्रो बारेमा केही शब्द लेख्न खोजेको छु
अनेक शब्दले सम्बोधन गर्न खोजेको छु
समुन्द्र जस्तै शान्त मन गरी अक्षरहरू कोर्दै छु
छरिएको मनलाई एकीकृत गर्न खोजेको छु
