काठमाडौँ । पोखरामा कारको ठक्करबाट २ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर-५ प्रस्याङको सिद्धार्थ बैङ्क अगाडी बा १३ च ३७२१ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिएको हो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई प्रहरीले उद्धार गरी पश्चिम क्षेत्रकी अस्पताल गण्डकी पठाएको थियो। घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा बागलुङ ढोरपाटन घर भई पोखरा-३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का ३५ वर्षीय पुरुष छन् । कार चालक फरार रहेकाले खोजी कार्य जारी छ । कार भने प्रहरीको नियन्त्रणमा छ ।