प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

  Sampatti News Online

December 26, 2023

काठमाडाैं । प्रधानमन्त्री प्रचण्डले मंगलबार (आज) राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्रीले एकवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्नुका साथै भावी योजनाबारे केही घोषणा गर्ने तयारी रहेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन् ।

अघिल्लो वर्ष पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड क्याबिनेटका मन्त्रीहरूलाई एक महिनाको समय दिएर रिपोर्ट कार्ड माग्ने तयारीमा छन्।

प्रकाशित मिति:December 26, 2023