मन्त्रीका भान्से दिल्लीमा बुहारी र भतिजोको कोठामा निजी काम गर्दै

तीन महिना देखि पुल्चोक मन्त्री निवास बाट भान्से गायब

  Sampatti News Online

December 26, 2023

काठमाडौं । नेपालका भिआइपीहरुको सेवामा खटिएका कर्मचारीलाई करेसा बारीमा तरकारी रोप्न ,कपडा धुन र भाडा मझाएर चरम शोषण गरेको समाचार त बेला बेलामा सुनिए पनि बिदेश मै लगेर भाइ बुहारी र भतिजोको निजी काममा लगाएर श्रम शोषण गरेको बिषय सुन्नु परेको थिएन तर यो श्रम शोषित बिषय सत्य हाे यसलाइ गुपचुप राखिएको छ। प्राप्त जानकारी अनुसार खानेपानि मन्त्रालयको जिम्मेवारी लिएका मन्त्री महेन्द्र राय यादवको बिगतको रेकर्ड राम्रो छैन । तिनै मन्त्री यादवले आफनै जिल्लाका एक टुहुरो केटालाई निवासमा भान्सेको जागिरको नियुक्त दिएर आफनो बिबादास्पद कान्छा भाइ रबिन्द्र यादबको भारत दिल्लीमा बस्ने श्रीमती र छोराको निजि काम गर्नेगरी दिल्लीमा राखिएको घटनाले धेरैलाई चकित बनाएको छ ।

मन्त्री निवासको भान्से दिल्लीमा बुहारीको पेटिकोट धुदै

काण्डै काण्डका माला भिरेका भाइ रबिन्द्रको श्रीमती छोरा पढाउन भारतको दिल्लीमा रहेकोले मन्त्री निवासमा भान्से करार दरबन्दीमा रहेका सर्लाही हरिपुर्वा नपा ५ धनकौलका टुहुरा रामेश्वर राय लाई दिल्ली पठाएर घरको निजि काम मात्रै होइन श्रीमतीको पेटिकोट र छोराको कटु समेत धुन लगाइरहेको समाचार जानकारीमा आएको छ। मन्त्री निवासमा दुई भान्से नियुक्त गरिएको थियो । सर्लाही सोही नगरपालिकाका जलेन्द्रर यादव र रमेश्वर राय लाई नियुक्त गरेको भएपनि हाल मन्त्री निवासमा जलेन्दर मात्रै कार्यरत छन्।

राज्यले मन्त्री लाई निवासमा कार्यरत कर्मचारीको निम्ति दिइएको सेवा दुरुपयोग गर्दै भ्रष्टाचारको अभियोगमा मुद्दा खेपिरहेका भाइ रबिन्द्रको श्रीमती र छोराको निजी सेवाको निम्ति दिल्लीमा कार्यरत छ्न् भन्दा मन्त्री लाई कानुन लाग्दैन प्रश्न उब्जेको मात्रै छैन। आमा बुवा नभएको टुहुरो केटो रामेश्वर पुल्चोक मन्त्री निवास मै खाना बनाउने काम गरेर भएनी बिरामी आमाको उपचार गराउछु भन्ने सपना देखेर भान्सेको जागिरमा त छिरे तर यसै पालिको दसैंको अष्टमिका दिन उनको बध्यता दैबले बुझेन,आमाको निधन भयो।आमाको निधन पछिको फाइदा उठाउदै मन्त्रीका कान्छा भाइले तलब नेपाल सरकारको खाने काम भने आफनी श्रीमती र छोराको दिल्लीमा बसेर सेवा गर्नुपर्ने गरि कार्तिक २० गते सोमबारका दिन दिल्ली पुर्याएर रामेश्वर माथी अन्याय गरेको यथार्थ बाहिर आउन सकेको छैन।
हिजोआज मन्त्री निवासको भान्छे दिल्ली पुगेको कसैलाई थाहा छैन। दुइजना भएर मन्त्रीको भान्सामा सकृय रहने देखिरहेका मन्त्री निवास आउजाउ गर्नेहरु समेत रामेश्वर कता छ्न् प्रश्न त छ तर उत्तर कसैले दिन नसक्ने अवस्थामा पुगेको बताइन्छ ।

मन्त्रीका भान्छेलाइ श्रीमतीकाे सेवा गर्न दिल्ली पठाएर कान्छा भाइले निवास बाटै मन्त्रालय चलाउदै

बिगतमा भाइलाई जोडेर समाचार आए संगै मन्त्रालयमा हैकम चलाउने कान्छा भाइ दाजु खानेपानी मन्त्री भए पछि कार्यशैली फेर्दै निवास मै लेनदेनको धन्धा लाई तीव्रता दिएको बताइन्छ ।
मन्त्री यादवले मन्त्रालय हेर्न र सहयोगका लागि आफ्नै भाई रविन्द्रकुमार यादवलाई बैधानिक रुपमा नतोके पनि छाया मन्त्रीका रूपमा रविन्द्र सकृय देखिएका छन्। तर उनी निकै विवादित व्यक्ति हुन् ।
उठाउने कला राम्रो भएकाले मन्त्री यादवले भाइलाइ मन्त्रालय भन्दा निजि निवास नै उपयुक्त ठानी रकम संकलनका निम्ति जिम्मेवारी सुम्पेको समाचार श्रोत उल्लेख गर्दछ।

मन्त्रीका भाइ रबिन्द्रको अतित

रविन्द्रले समाज कल्याण परिषदको जग्गा भाडा प्रकरणमा ३१ करोड ५२ लाखभन्दा धेरै रकम भ्रष्टाचार गरेको अभियोगमा सर्वोच्च अदालतमा मुद्धा खेपीरहेका छन् ।
यस्ता विवादित र भ्रष्टाचारको आरोपमा मुद्धाको सामना गरेका रविन्द्रले बिगतमा कृषि मन्त्रालयमा के–के गरेका होलान् ? धेरैको प्रश्न उठ्नु स्वभाविक छ।
भ्रष्टाचारको मुद्धा लागेका रविन्द्रलाई मन्त्री निवासमा छिर्न दिनु हुँदैन थियो । तर, रविन्द्र निवासको दुइटा कोठामा डिलिङ कै निम्ति प्रयोगमा ल्याएका छ्न्। समाचार श्रोतका अनुसार उनले प्रयोग गर्ने कोठामा अख्तियारले अकस्मात छापामार्ने हो भने ठुलै रकम सहित नियन्त्रणमा लेन सफल हुने दाबी छ।
’बिगतमा समयमा मल दिनु सट्टामा किसानलाई रासायनिक मलको विकल्प दिदै नानो यूरिया मल प्रयोग गर्न पनि उनले मन्त्री लाई सुझाब दिएका थिए । सिंहदरबार माफियाको घुम्टो ओढेर ब्यक्ति परिचालन गर्ने भाइ मन्त्रीको आदत नै थियो ।’

पटकपटक विवादमा तानिएका कान्छा भाइले दाजु कृषि मन्त्री हुँदा मल तस्करको सेटिङका कारण मन्त्री दुङ दुङती गन्हाएका थिए ।उनले त्यो भन्दा अगाडि तत्कालीन समयमा सिंचाइ मन्त्री रहेका यादवले काम हुनुभन्दा अगाडि नै कमिशनको रकम माग गरेको भनेर ‘प्रिपेड’ मन्त्रीको आरोप खेपेका थिए ।

नानी देखी लागेको बानी उनले छोडन नसक्दा मेलम्ची आयोजना नै अलपत्र परेको छ। बजारमा पानी माफियालाई भेला गराएर उनका भाइ रबिन्द्रले मन्त्री क्वाटर मात्रै दुरुपयोग गरिरहेका छैनन बिगत तीन महिना देखी आमा बाबू नभएका एक टुहुरा लाई भान्से बनाएको भएपनी हाल तीनलाइ गायब गरेको भन्दै दाइ महेन्द्र रायको क्वाटरमा हल्लि-खल्ली मच्चिन थालेको खबर छ ।

रविन्द्र सहित १४ जनालाई मुद्दा चलाएको त्यो दिन

भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा तत्कालीन महिला, बालवालिका तथा समाज कल्याणमन्त्री बद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपियाँ विगो माग गरिएको छ ।

सो मुद्दा  हाल सर्वोच्च मा चलिरहेको छ। न्यौपानेसहित समाजकल्याण परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, सदस्य सचिव रविन्द्रकुमार यादव भन्ने रविन्द्र कुमार, सदस्य मोहनराज शर्मा, मदनकुमारलाल कर्ण, हरि न्यौपाने, परिषदका तत्कालीन कोषाध्यक्ष रत्त गाहा मगर, तत्कालीन निर्देशक मदनप्रसाद रिमाल, तत्कालीन उप–निर्देशक बलबहादुर स्वार, तत्कालीन कानूनी सल्लाहकार प्रेमसिंह धामी, जगदेव चौधरीसहितलाई विपक्षी बनाइएको छ ।

यस्ता भ्रष्टाचारीको श्रीमती र छोराको सेवा गर्न नेपाल सरकारको तलब खाने गरि मन्त्रीका भान्से देश बाहिर दिल्ली मा कसरी पुगे यो खोजीको बिषय बन्नुपर्ने भएको छ।

प्रकाशित मिति:December 26, 2023