काठमाडौं-तराई फास्ट ट्रयाकमा फेरिए

Nepal Cover
१० पुष २०८०, मंगलवार
image

काठमाडौं । काठमाडौं-तराई द्रुत मार्ग निर्माण आयोजना प्रमुख फेरिएका छन् । नेपाली सेनाले काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)मा आयोजना प्रमुखमा विकास पोखरेललाई ल्याएको छ। सेनाले कमलविक्रम शाहको स्थानमा पोखरेललाई जिम्मेवारी दिएको हो ।

पोखरेलले यसअघि पनि फास्ट ट्रयाक आयोजना प्रमुखका रुपमा काम गरिसकेका छन्। यो आयोजना २०७४ को सुरुमा नेपाली सेनालाई जिम्मा दिइएको थियो । ७१ किलोमिटर लामो द्रुतमार्गको भौतिक प्रगति २८ प्रतिशत मात्रै छ। निर्माणमा ढिलाइबारे केही दिनअघि संघीय संसद्को संसदीय समितिमा कुरा उठेको थियो । यो आयोजना २०७४ को सुरुमा नेपाली सेनालाई जिम्मा दिइएको थियो।

त्यसअनुसार सेनाले अहिले निर्माणको कामलाई अघि बढाइरहेको छ। निर्माणमा सुस्तता आएको गुनासोबीच सेनाले नेतृत्व फेरेको हो। वि.सं. २०८३ सम्म अर्थात् अबको तीन वर्षमा सम्पन्न हुनुपर्ने आयोजनाको भौतिक प्रगति सन्तोषजनक हुनसकेको छैन। २०७४ सालमा सेनालाई जिम्मा दिए पनि प्रक्रिया मिलाउनै अर्को ४ वर्ष लागेको थियो।

त्यसपछि २०७८ जेठबाट मात्रै काम सेनाले जिम्मा लिएर निर्माणको सुरु गरेको थियो। ७१ किलोमिटर लामो द्रुतमार्गको भौतिक प्रगति २८ प्रतिशत मात्रै छ। अर्थात् ७२ प्रतिशत काम अबको तीन वर्षमा गर्नुपर्ने दबाब सेनामाथि छ। निर्माणमा ढिलाइबारे केही दिनअघि संघीय संसद्को संसदीय समितिमा समेत प्रश्न उठेको थियो। त्यसपछि प्रधानसेनापति प्रभुराम शर्माले फास्ट ट्रयाक आयोजना प्रमुख परिवर्तन गरेका हुन्।