सेफ्टी ट्यांकीमा डुबेर एक बालकको मृत्यु

Nepal Cover
१० पुष २०८०, मंगलवार
image

सर्लाही । सर्लाहीको ईश्वरपुरमा सेफ्टी ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ।  ईश्वरपुर नगरपालिका-८ रामपुर निवासी कमल राउतका अढाई वर्षका छोरा सोहनको सोमबार सेफ्टी ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

छिमेकी कमलबहादुर कार्कीको ट्वाइलेटको सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु भएको हो। कार्कीले सेफ्टी ट्यांकी ढलान नगरी खुला राखेको कारण बालक डुबेका पीडित अभिभावकले बताएका छन्। 

बालक सोहनलाई तत्काल उपचारका लागि अमृत हेल्थ केयर बयलवास लगिए पनि चिकित्सकले मृत घोषणा गरेको थियाे । मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि सोमबार साँझ अभिभावकलाई बुझाइएको प्रहरीले जनाएको छ ।