चन्द्रपुर नगरमा दलाल हाबी

राजनैतिक दलका निम्ति बन्दैछन् चाबी

  Sampatti News Online

December 26, 2023

चन्द्रपुर। जिल्ला कै आकर्षक बजारको स्वरुपमा बिस्तार हुँदै गइरहेको चन्द्रनिगाहपुर बजार आसपासका बिबादास्पद जग्गा र सार्वजनिक जग्गा स्थानीय राजनीतिक दलका नेताको आडमा दुई दलाल मियो बनेर उभिदा जग्गाहरु धमाधम भू-माफीयाको कब्जामा पुगेको छ।
केहि गर्लान् भनेर आशा गरेका स्थानीय नेता र मेयर संजय काफ्लेको संरक्षणले डन जग्गा दलालले जरो गाडेका छन्। यो आतंक ब्योहोर्ने आम नगरवासी पछिल्ला दिनमा चिन्तित बनेका छन्। मेयर काफ्लेको बिगतको धन्धालाई निरन्तरता दिदैं आएका चन्द्रपुर ४ का राजन बोगटी र सोभित सिलवाल यो पेशा बाट फस्टाएर रातारात करोड पति बनेका छ्न् भने मेयर काफ्ले कमिसन मै भुलेका छन्।
नगर प्रमुखलाई नै कब्जामा लिएका बोगटी र सिलवालले हरेक पार्टीका स्थानीय ठुला नेतालाई दिनभर जस्तो फरक-फरक समयमा आफू सवार गाडीमा बोकेर आफ्नो शक्ति सन्तुलन व्यबहार प्रदर्शनले तैचुप मैचुप बनाएका छन्।
बिरगंज मारवाडी समुदायलाई साथमा लिएर धन्धा सुरुवातमा लागेका बोगटी र सिलवालले माडवारीले उनीहरुको असली रुप चालपाए संगै पछि चटक्कै साथ छोडदिएका थिए तर उनीहरुले आफनो सुरक्षित स्थान चन्द्रपुरलाइ रोजेपछी यहाँका स्थानीय नेता र प्रहरी प्रशासनको अतिरिक्त आम्दानी समेत बढेको समाचार छ।


मनि र मसलको आडमा के के गरे
रौतहटको चन्द्रनिगाहपुर स्थित गौर रोडमा केही स्थानीयले खरिद गरेको जग्गा कब्जा गर्न यो दुई भाइले ठुलै रकम बगाएका थिए ।
चन्द्रपुर मालपोत ,नापी देखी प्रहरी प्रशासन देखी स्थानीय नेतालाई नजिकमा राख्ने यो समूहले बेरोजगार युवालाई दैनिक दुई हजार दिएर तोडफोडमा उतार्ने अराजक शैलीका कारण उनीहरुको पेशा मौलाएको त छ तर आम व्यावसायि र सर्वसाधारणको नजरमा यो समुहको पक्षपोषणमा लाग्नेहरू दिनप्रतिदिन नाङ्गिदै गएका छन्।

यो समूहले स्थानीय पाउरोटी ब्यावसायी शेख मनिरलाई सुकुम्बासी बनाइदिएका छन्। समाचार श्रोतका अनुसार
शेख मनिरका अनुसार जिल्ला अदालत र उच्च अदालतबाट मुद्धा जितेको भनेको जमिनका बिषयमा समेत दादागिरी प्रवेशले सफलता पाएको थियो । बोगटीले आफुले आफ्नो नाममा रहेको जमिनबाट मनिरलाई मौखिक रुपमा १० धुर जमिन दिने सहमती भएको र उनले कब्जा गरेको जमिन छाडे आफुले १० धुर जमिन दिने भन्दै आएका थिए पछि त्यो पनि दिएनन्।
स्थानीय तहमा न्याय नपाए पछि अदालत जादा समेत ढुक्कसँग बाच्न नसकेको पीडितहरुको गुनासो छ। गौर रोड अस्पताल छेउमा रहेको अर्को १२ कठठा जग्गा पनि यसैगरी मंसिर अन्त्तिममा यो समूहले कब्जा गरेको छ।

पाउरोटी व्यावसायी शेख मनिरले चन्द्रपुरमा हारगुहार नपाएपछि गौरमा गएर पत्रकार सम्मेलन गर्नुपरेको बताएका छन् भने आफ्नो घर गुण्डागर्दी शैलीमा तोडफोड गरेको आरोप लगाएका थिए। त्यस्को काउन्टरमा बोगटीले चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गरेर मनिरले भनेको सबै सत्य नभएको भन्दै आफनो बचाउ गरेका थिए।
प्राप्त जानकारी अनुसार चन्द्रपुर बजार क्षेत्रका नागरिक समाज यो ग्याङ सग जंकाभेट नहोस् भन्दै जोगिएर हिडन बाध्य भएका छन्।

सिलवाल द्वारा समाचारको खण्डन

उल्लेखित समाचारमा सोभित सिलवाल भनी मेरो नाम लेखिएकोमा आफुलाइ दुख लागेको बताउदै जग्गा सम्बन्धित विवादमा आफू कत्तै नगएको र आफ्नो संलग्नता नभएको बताए । आफ्नो राजनैतिक छबि राम्रो बन्दै गएको कारण पुर्वाग्रह राखी यो समाचारमा मलाई जोडने काम गलत भएको बताएका छन्।

राधेश्याम साह बाट

प्रकाशित मिति:December 26, 2023