सिमा नाका बाट प्याज तस्करी तीब्र, बारामा पक्राउ

Nepal Cover
१० पुष २०८०, मंगलवार
image

बारा । केहि समय देखी प्याजको तस्करी बढेको छ। रौतहट ,पर्सा ,सर्लाही र बाराका सिमा बाट नेपाल भित्र्याइएका प्याज प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको निर्देशनमा बारामा प्रहरीले १ करोड रुपैयाँभन्दा बढीको अवैध प्याज नियन्त्रणमा लिएको छ ।

प्रजिअको निर्देशन लगत्तै जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीले गत भाद्रदेखि हालसम्ममा विभिन्न मितिमा भन्सार छलीका अवैध प्याज १ करोड १५ लाख ८ हजार ७ सय रुपैयाँ मूल्य बराबरको नियन्त्रणमा लिएको हो ।
सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार नियन्त्रणमा लिएको प्याजलाई आवश्यक कारबाहीको लागि राजश्व कार्यालय पथलैया बारा बुझाइएको छ ।
बिगत केही महिना देखी तराई बाट तस्करी भै काठमाडौ आउने प्याज कालिमाटीमा गोदाम गरिएको समाचार छ। भारतमा बीस रुपैयामा पाउने प्याज नेपालमा एक सय चालिस रुपैयामा किनबेच हुनेभएपछी सिमा क्षेत्र बाट तस्करी एकाएक बढेको छ।
बारा जिल्लाका प्रजिअ सापकोटाले जस्तै अरु जिल्लाका प्रजिअले काम गर्ने हो भने तस्करी धन्धा न्यूनीकरण गर्न सहयोग पुग्ने बिश्वास गरिएको छ।
बजारमा तस्करीका हर्कत बढे सगै बाणिज्य बिभागको अनुगमनको दायरा बढाउनुपर्ने माग समेत बढेको छ।