सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने  

Nepal Cover
११ पुष २०८०, बुधबार
image

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ हुने छ।

यसअघि नै अन्तिम सुनुवाइ सुरु भए पनि हालसम्म बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज सुनुवाइ हुन लागेको हो ।

नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।