काठमाडौँ । अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने भएका छन् । यातायात व्यवस्था विभागका अनुसार लाइसेन्स शीघ्र प्रिन्ट गर्न १५ पुस २०८० देखि निवेदन दिन सकिने भएको छ ।
त्यसका लागी लाइसेन्स शीघ्र प्रिन्ट गर्न १५ पुस २०८० देखि applydinew.dptm.gov.np मार्फत निवेदन दिन सकिने विभागले जानकारी दिएको छ। तीन कार्यदिन भित्र कार्ड छपाइ गर्ने लक्ष्यमा विभागले ‘प्राविधिक समस्या नआएमा’ भन्ने शर्त समेत राखेको छ ।
निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुने विभागले जनाएको छ। तीन कार्यदिन भित्र कार्ड छपाइ गर्ने लक्ष्यमा विभागले ‘प्राविधिक समस्या नआएमा’ भन्ने शर्त समेत राखेको छ।
यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुनेछ। निवेदकले सवारी चालक अनुमति पत्र लिन आउँदा उक्त पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिई विभागमा जानु पर्ने समेत सूचनामा उल्लेख छ ।