धरोटीमा रिहा भएका बालकृष्ण खाँण पहिलो पटक पार्टीको बैठकमा सहभागी

Nepal Cover
१३ पुष २०८०, शुक्रबार
image

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणबाट धरौटीमा रिहा भए पछि पहिलो पटक पार्टीको बैठकमा सहभागी भएकाे छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब ६ महिना थुनामा बसेर धरौटीमा रिहा भएका खाँण बिहीबारबाट सुरु भएको काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा उनी शुक्रबार गएका हुन्।

बिहीबारको बैठकमा भने उनी उपस्थित भएका थिएनन्। शरणार्थी प्रकरणमा मुछिएपछि गत वैशाख २७ गते पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए। यसअघि साउन २ र असोज ४ मा केन्द्रीय समिति बैठक बस्दा खाँण केन्द्रीय कारागार सुन्धारमा थिए।