नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यावसायी महासंघको नवौँ वार्षिक साधारणसभा सम्पन्न

Nepal Cover
१४ पुष २०८०, शनिबार
image

काठमाडौ । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यावसायी महासंघको नवौँ वार्षिक साधारणसभा तथा सातौँ महाधिवेशन शनिबार काठमाडौको कार्की बैँँङ्केटमा सम्पन्न भएको छ ।
महासंघका निवर्तमान अध्यक्ष सुजिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथितिमा अर्थमन्त्री डा. प्रकाशशरण महत रहनुभएको थियो । कार्यक्रम उदघाटन गर्दै अर्थ मन्त्री महतले फर्निचर ब्यबसायले नेपालको अर्थ तन्त्र अनि रोजगारीका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउदै नयाँ निर्वाचित टिमलाई बधाई दिनुभएको थियो।


कार्यक्रममा विशिष्ट अतिथिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रकाश ढकाल रहनुभएको थियो ।
त्यसैगरी अतिथिहरुमा नेपाल चेम्फर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोजकुमार चापागाई, कथ्था उत्पादन संघका अध्यक्ष शिव घिमिरेलगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा नेपाल भरिका करिब दुई सय भन्दा बढी फर्निचर व्यावसायीको उपस्थिति रहेको थियो । नवौ साधारणसभाको पाचौं अधिबेशन भब्यताका साथ सम्पन्न भएको फर्निचर तथा फर्निसिङ व्यावसायि संघका सस्थापक रौतहट जिल्ला अध्यक्ष सिताराम पौडेलले सम्पत्ति न्युज लाई बताए । उक्त अधिबेशन बाट युवराज पौडेलको अध्यक्षतामा बीस नयाँ सदस्यीय नया कार्यसमिति निर्वाचित भएको जनाइएको छ।


नयाँ निर्वाचित टिम निम्न अनुसार छ।