ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु 

  Sampatti News Online

January 2, 2024

काठमाडौं । रौतहटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।   सोमबार राति पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर–५ चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई ठक्कर दिँदा त्यसमा सवार दुई भारतीयको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षिय अवधेश झाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ। मृतक दुवै अग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित वाग्मतीको नुनथर आएका थिए । प्रहरीले ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार टेम्पोमा ६ जना सवार थिए । घटना टेम्पो चालक सर्लाहीको वाग्मती नगरपालिका–६ खाल्टे बस्ने ४४ बर्षिय भुपेन्द्र सहनी घाईते भएका छन् । सहनीको दाहिने हातमा चोट लागेको छ । अटोमा सवार चन्द्रपुर–५ का समिर अन्सारी, गरुडा–६ पोठियाहीका अस्गर देवान र उनका श्रीमती जवाहिर खातुन घाईते भएका थिए । देवानको मुखमा र अन्सारीको घाँटीमा चोट लागेको छ । खातुनको दाहिने हात भाँचिएको प्रहरीले जनायो । घाईतेको चन्द्रपुर अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना लगतै ईलाका प्रहरीले ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएको छ । मृतक दुवैको शव नारयाणी अस्पतालमा राखिएको छ ।

बिहारमा मुख्य मन्त्री नीतीश कुमार को सरकारले मदिराजन्य पदार्थ बिक्री बितरण तथा सेवनमा प्रतिबन्ध लगाएको कारण बर्षको बिशेष अवसरमा हजारौँ भारतीय रौतहटको नुनथर, सर्लाहीको भारत ताल लगायतको पर्यटकिय स्थलमा आउने गर्दछन।

प्रकाशित मिति:January 2, 2024